मोहन्याल गाउँपालिका अध्यक्ष रावलको निधन

धनगढी : मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । चार दिनअघि मोहन्याल-६ सोल्टास्थित आफ्नै घरमा एक्कासी बेहोस भएका रावलको काठमाडौको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो ।
७७ वर्षीय रावललाईलाई सुरुमा कोहलपुर शिक्षण अस्पताल लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । लामो समयदेखि रक्त चापको समस्याले ग्रसित रावललाई चार दिनअघि ब्रेन हेमब्रेज भएको थियो । मस्तिष्कमा रक्तश्राव भएपछि उनलाई उपचारका लागि काठमाडौँ लगिएको थियो ।
अध्यक्ष रावल उच्च रक्तचाप र मधुमेह रोगबाट समेत पीडित थिए । रावलको अन्त्यष्टि भने कैलालीमै हुने उनका छोरा तपेन्द्र रावलले जानकारी दिए । उनकाअनुसार रावलको शव आजै कैलाली ल्याउने तयारी छ ।
पञ्चायतकालदेखि मोहन्यालको राजनीतिमा सक्रिय रावल मोहन्यालका पुराना कम्युनिष्ट नेता हुन् । नेकपा एमालेको केन्द्रीय सल्लाहकार समिति सदस्य समेत रहेका रावल गत निर्वाचनमा एमालेकै तर्फबाट निर्वाचित भएका थिए । २०२९ सालमा प्रधानपन्च भएका रावल ०३२ सालमा जिल्ला पन्चायतको सदस्य भएका थिए । त्यस्तै ०३९,०४३,०४५,०४९ र ०७४ सालमा मोहन्यालमा जनप्रतिनिधि रहे ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया