यी हुन् मतपरिणाम घोषणा हुन बाँकी ११ पालिका

काठमाडौँ- गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न ११ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार मङ्गलबार साँझसम्ममा ७५३ मध्ये ७४२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मत गणना कार्य सम्पन्न भएपनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी छ ।
अन्तिम परिणाम आउन बाँकी पालिकामा बाग्मती प्रदेशको काठमाडौँ महानगरपालिका, गण्डकी प्रदेशको पोखरा महानगरपालिका, प्रदेश नं १ को उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, मधेस प्रदेशको रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, लुम्बिनी प्रदेशको दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेको छ ।
सुदूरपश्चिममा बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी छ । आयोगको निर्णयपछि उदयपुरको त्रियुगामा आजदेखि मत गणना सुरु भएको छ । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया