गरुडा नगरपालिकामा एमाले विजयी

रौतहट- रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएका हुन् । जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवारले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् ।
नवनिर्वाचित मेयर कलवारले ४ हजार ५ सय ६४ मत पाउँदा यादबले ४ हजार ५ सय २५ मत पाएका छन् ।
यस्तै, उपमेयरमा नेपाली कांग्रेसक विजयी भएको छ । कांग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २ सय २६ मतको मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् । चौधरीले ६ हजार ७ सय ३ मत प्राप्त गर्दा देवीले ४ हजार ४ सय ७७ मत प्राप्त गरिन् ।
योसँगै नेकपा एमालेले रौतहटमा तीन वटा पालिकामा जित हात पारेको छ ।

माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

परेन पानी, भएन रोपाइँ

मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छः कांग्रेस सभापति यादब

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

बारामा ४३ लाख राजश्व छलीको सामानसहित ट्रक बरामद

लागू औषधसहित स्याङजाका मगर गौरमा पक्राउ

प्रतिक्रिया