चुनावमा अन्तर्घात गर्नेको नामावली संकलन गर्दै जाजरकोट कांग्रेस

सुर्खेत - नेपाली कांग्रेस जाजरकोटले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन अन्तर्घात गर्नेमाथि कारबाही गर्ने भएको छ ।
अनुशासन विभागका संयोजक खडकबहादुर बुढाले आन्तरिक सर्कुलर गरेर सातै वटा पालिकामा पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्नेको नामावली पठाउन भनिएको बताए ।
माओवादी केन्द्रले समेत पार्टीभित्र अन्तर्घातबारे छलफल सुरु गरेको छ । वडादेखि पालिका, प्रदेश हुँदै केन्द्रमा समेत समीक्षाको सार पठाउन माओवादीले अन्तरिक सर्कुलर गरेको छ । जाजरकोटमा सबैभन्दा क्षति माओवादीलाई भएको छ ।
माओवादीले अध्यक्ष र मेयर उम्मेदवार पठाएको ठाउँमा कांग्रेसले सहयोग नगरेको माओवादी आरोप छ । छेडागाड नगरपालिका, कुशे र शिवालय गाउँपालिकामा कांग्रेसले जितेको छ । माओवादीले नलगाडमा मात्र मेयर जितेको छ ।
छेडागाडमा उपमेयर , शिवालयमा उपाध्यक्ष , बारेकोटमा उपाध्यक्ष माओवादीले जितेको छ । बारेकोटमा गठबन्धनको तर्फबाट कांग्रेसबाट अध्यक्षका उम्मेदवार महेन्द्रबहादुर शाह पराजित भए । बारेकोटमा एमालेका उम्मेदवार वीरबहादुर गिरी विजयी भए ।
जुनिचाँदेमा माओवादीको तर्फबाट गठबन्धनकी अध्यक्षको उम्मेदवार शिवा आचार्यलाइ हराएर एमालेका उम्मेदवार वेदबहादुर शाहीले जिते । भेरीमा गठबन्धनका तर्फबाट माओवादी तर्फबाट मेयरका उम्मेदवार गगनबहादुर खड्कालाइ हराएर एमालेका चन्द्रप्रकास घर्ती विजयी भएका थिए । उममेयरमा गठबन्धनकै उम्मेदवार कांग्रेसको तर्फबाट सीता जैसी विजयी भएकी थिइन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया