रवीन्द्र मिश्र भन्छन्- मन लागे फिल्म खेल्छु, किताब र कविता पनि लेख्न सक्छु

काठमाडौँ - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बुधबार पदबाट राजीनामा दिए । स्थानीय तह निर्वाचनमा नाजुक चुनावी परिणाम आएपछि उनले राजीनामा दिएका थिए ।
अध्यक्षबाट राजीनामा दिएपछि उनले अब के गर्लान् भन्ने धेरैको चासो छ । यसबारे उनी आफैले स्पष्ट पारेका छन् । बिहीबार बिहानै फेसबुकमार्फत उनले अब के गर्ने भन्ने संकेत गरेका छन् ।
'मेरो राजनीतिको प्रमुख उद्देश्य देशको दूरगामी हित र दशकौंसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्श गर्न सकेन तिनलाई स्पर्श गर्नु थियो । त्यो सफलता अहिलेसम्म हासिल भएको छैन,' पुन: राजनीतिमै रहने संकेत गर्दै उनले लेखेका छन्, त्यसका लागि विचारभन्दा माथि देशलाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो । त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु।'
यसका साथै उनले अब कविता, किताब र सिनेमा समेत खेल्न सक्ने भन्दै व्यङ्ग्य गरेका छन् । 'साथमा, कविता लेखुँला, किताब लेखुँला, परोपकारी काम गरूँला र, मन लाग्यो भने, सिनेमा पनि खेलुँला!' उनले भनेका छन् ।
आफ्नो राजीनामाबाट नआत्तिन उनले नेता-कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको केन्द्रीय समितिको बैठकले भावी प्रारम्भिक बाटो तय गर्ने उनको विश्वास छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया