संसद् सचिवालयले ओली बोल्ने सूचना पाएपछि...

काठमाडौँ- प्रमुख विपक्षी एमालेले सरकारको ‘नीति तथा कार्यक्रम’माथि विपक्षी नेता केपी शर्मा ओलीले बोल्ने भन्दै अनौपचारिक सूचना दिएपछि रोष्ट्रममा कुर्सीको व्यवस्था गरिएको छ ।
‘त्यसै त विपक्षी नेता ओली लामो समय बोल्नुहुन्छ, त्यसमाथि भाषणकै क्रममा रोष्ट्रममा कुर्सी खोज्नुभयो भने के गर्ने ?’ संसद् सचिवालयका एक अधिकारीले इकागजसँग भने, ‘उहाँले बोल्ने भन्ने अनौपचारिक सूचना पाएसँगै हामीले नजिकै कुर्सीको व्यवस्था गरेका छौं र मागेको खण्डमा तत्कालै व्यवस्था गर्छौं ।’
गत जेठ १० मा राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि संसदीय बहस हुँदैछ । त्यही क्रममा प्रमुख विपक्षी एमालेले पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता ओलीले पनि बोल्न सक्ने सूचना दिएको हो । सँगै सचिवालयले ओलीले निकै लामो समय बोल्ने हुँदा कुर्सी माग्न सक्ने सम्भावनाका कारण नजिककै कुर्सीको व्यवस्था गरेको हो ।
रोष्ट्रममा उभिएर बोल्ने बक्ताका निम्ति छुट्टै कुर्सीको व्यवस्था त छैन । तर कसैले मागेको खण्डमा कुर्सीको व्यवस्था हुने गरेको छ । विगतका दुई वटा अधिवेशनकालभर नाराबाजी र अवरोधमै बिताएको प्रमुख विपक्षी एमाले चालु अधिवेशनकालमा भने प्रारम्भदेखि नै ‘रचनात्मक’ ढंगले प्रस्तुत भएको छ । अझै कुनै बहाना निकाल्दै संसद् अवरोध गर्छ कि भन्ने संशयमा संसद् सचिवालयका अधिकारीहरू देखिन्छन् ।
दलका शीर्ष नेता, विपक्षी दलका नेता र पूर्वप्रधानमन्त्रीहरुलाई संसदमा बोल्ने समय किटान गरिएको हुँदैन, अरु सांसदका हकमा समय किटान भए पनि । स्वयं सांसदहरुलाई समेत झर्को लाग्ने गरी ठूला नेताहरू संसद्मा पट्यार लाग्दो गरी बोल्ने गर्छन् । सचिवालयका एक अधिकारी भन्छन्, ‘कम्तीमा ठूला नेताहरूले समय ख्याल गरिदिए संसदीय मर्यादा बढ्थ्यो कि ?’

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री ले…

संसदीय समितिबाट पारित भएका विधेयकमाथि छेडखानी नगर्न प्रचण्डको चेतावनी

धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री

भूउपयोग योजनाको तयारी र प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य भ…

खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार

प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत

प्रतिक्रिया