निर्वाचन निर्वाचन जस्तो हुन नसकेको ओलीको निष्कर्ष
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन धाँधलीरहित र स्वच्छ रुपमा सम्पन्न हुन नसकेको बताएका छन् । बिहीबार संघीय संसदमा ओलीले सरकारले नीति तथा कार्यक्रममा निर्वाचन धाँधलीरहित र स्वच्छ रुपमा सम्पन्न भएको भन्दै दाबी गरे पनि त्यसो हुन नसकेको बताए ।
निर्वाचन निर्वाचन जस्तो नभएको ओलीको निष्कर्ष छ । सत्तारुढ गठबन्धनको अनेक जालझेल पश्चात भएको निर्वाचन पनि स्वच्छ रुपमा हुन नसकेको उनले बताए ।
‘निर्वाचन जित्नका लागि उम्मेदवारको अपहरण गर्ने, हत्या गर्ने, घर भत्काउने काम गर्ने काम भयो,’ ओलीले भने, ‘गठबन्धनले सबै ठाउँमा प्रतिपक्षका विरुद्धमा प्रहार गरेको थियो । गठबन्धनको घोषित नीति नै थियो जसरी हुन्छ एमालेलाई धुलो चटाइदिने, पत्तासाफ गरिदिने ।’
निर्वाचनको नतिजा समयमै नआउनुले पनि निर्वाचन धाँधलीरहित नभएको संकेत गरिरहेको उनले बताए । चुनाव भएको १४ दिनसम्म पनि सबै ठाउँको अन्तिम नतिजा किन आउन नसकेको हो भन्दै उनले सरकारसँग प्रश्न गरे ।
ओलीले निर्वाचनका क्रममा सहादत प्राप्त गर्ने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे । साथै, उनले अंगभंग हुने गरी घाइते भएकाहरुको उपचारका लागि सरकारको ध्यानाकर्षण गराए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया