पल शाहको मुद्दाको सुनुवाई बिहीबार पनि स्थगित

काठमाडौँ - नाबालिग बलात्कारको आरोप खेपिरहेका कलाकार पूर्णविक्रम शाह ‘पल’को मुद्दाको सुनुवाई आज पनि स्थगित गरिएको छ । पल पक्षका वकिलले सुनुवाई स्थगित गर्न निवेदन दिएकाले स्थगित गरिएको कास्की उच्च अदालतले जनाएको छ । उच्च अदालत पोखरा कास्कीले पल पक्षका वकिलले सुनुवाई स्थगित गर्न निवेदन दिएपछि स्थगित गरेको सूचना टाँस गरेका छन् ।
आजै पलका सहयोगी कृष्ण जोशीको मुद्दाको सुनुवाई थियो । वकिलले यो मुद्दा पनि स्थगित गर्न निवेदन दिएअनुसार स्थगित गरिएको सूचनामा उल्लेख छ ।
दुवै मुद्दा न्यायाधीशद्धय ऋषि राज भण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा थियो । सूचनामा पेसीको अर्को मिति भने उल्लेख गरिएको छैन ।
नाबालिग बलात्कार आरोपमा पल शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका थिए । उक्त आदेशविरुद्ध पल उच्च अदालत पोखरामा निवेदन दिएका थिए । यता, धरौटीमा छोड्न दिइएको आदेशविरुद्ध पनि सरकारी वकिल उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया