टिकटिकर गरिमाको फिल्म डेब्यू, ‘लन्डन टु पेरिस’मा अनुबन्ध

काठमाडौँ -टिकटक हुँदै म्युजिक भिडियोमा व्यस्त हुन पुगेकी गरिमा शर्माले पहिलो फिल्म साइन गरेकी छिन् । शर्मा आउँदो महिना लन्डन तथा फ्रान्समा सुटिङ हुने फिल्म ‘लन्डन टु पेरिस’का दुई मध्ये एक नायिकाको रुपमा फिल्ममा आबद्ध भएकी हुन् । यो फिल्मका लागि साम्राज्ञी राज्यलक्ष्मी शाह पहिले नै अनुबन्ध भइसकेकी छिन् ।
घनश्याम लामिछानेको निर्देशन रहने फिल्मले किस्ताबन्दीमा कलाकार सार्वजनिक गरिरहेको छ । दुई हिरो र दुई हिरोइन रहने फिल्ममा निर्माण टिमले हिरो भने सार्वजनिक गरिसकेको छैन । तर दुईमध्ये एकमा सोनम थुप्देन रहने चर्चा छ । निर्माण टिमले अहिले सबै कलाकारको वर्कसप गरिरहेको छ । फिल्मको पटकथा प्रदी भारद्धाजले लेखेका हुन् ।
अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहने सिनेमाका सह(निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ भने यही टिमले अहिले बेलायतका विभिन्न सहरमा ‘हनी बनी’को छायांकन गरिरहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया