असार २४ मा अनुप बरालको ‘दोख’

काठमाडौँ - अनुप बराल निर्देशित फिल्म ‘दोख’ले प्रदर्शन मिति छानेको छ । निर्माण टिमले नयाँ पोस्टर जारी गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
भूकम्प अघि नै सुटिङ भएको फिल्म लामो समयसम्म पोस्ट प्रोडक्सनमा अल्झिएको थियो । तर महामारीअघि नै प्रदर्शन हुन तयार फिल्म महामारी पछि भने रोकिन बाध्य भएको थियो ।
सामुदायिक वनको मुद्दालाई लिएर दुई समुदाय भिडेपछि सुरु हुने कथामा माओवादी द्वन्द्व पृष्ठभूमिमा रहेको छ । फुटबल खेललाई माध्यम बनाएर वन कब्जा गर्ने रणनीतिमा उत्पन्न हुने परिस्थिति फिल्मको मुख्य कथा हो । राजन कठैत लिखित फिल्मले यसअघि सार्वजनिक गीतबाट राम्रो हाइप सिर्जना गरेको छ ।
फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप, कमल देवकोटा, सजन थापामगर आदिको मुख्य भूमिका रहेको छ ।
‘दोख’मा आभास र पुष्पा संगमको संगीत रहेको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया