पोको एम २ र पोको सी ३ नेपालमा सार्वजनिक

काठमाडौं : स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा दुईवटा नयाँ उपकरण- पोको एम२ र पोको सी ३ सार्वजनिक गरेको छ । ब्राण्डले नेपालमा यो दोस्रो पटक आफ्नो उत्पादनहरु नेपालमा भित्र्याएको हो, यसभन्दा अगाडि सन् २०१८ मा पोको एफ १ सार्वजनिक गरिएको थियो । ‘पोकोले पहिलै मी फ्यानहरु र प्रयोगकर्ताहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको छ र नेपालमा यी ब्राण्डका दुई नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौँ,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘पोकोमा हामी स्वतन्त्रता पूर्वक निर्णय लिन र विकासको बाटोमा अघी बढिरहन केन्द्रित रहेका छौँ, त्यसैले हामीले प्रयोगकर्ताहरुको छनौटका लागि शिर्ष विशेषताहरुका साथ पोको एम२ र पोको सी ३ सार्वजनिक गरेका छौं ।’
पोको एम२ सुपर फास्ट ६ जीबी र्याम स्मार्टफोन
पोको एम२ मा मिडियाटेक हेलियो जी ८० अक्टा-कोर प्रोसेसरका साथै २.०जीएचजेड मा दुई कोटेक्स-ए ७५ र १.८ जीएचजेड मा छ कोटेक्स-ए ५५ को साथ आउँदछ जसले पर्फमेन्स र दक्षताबीच सन्तुलन झल्काउँदछ । मिडियाटेक गेमिङ्ग विशेषताहरुका साथ पोको एम २ प्रयोगकर्ताले आर्कषक गेमिङ्गको आनन्द लिन सक्नेछन् । माथि उल्लेखित विशेषताहरुसंग एकेबद्दता जनाउँन ६ जीबी र्मका साथ यो पूर्ण सम्पन्न उपकरणले या श्रेणीका मापदण्डहरुलाई माथि उठाउने छ ।
ग्राहकहरुलाई उच्चस्तरीय दृश्य अनुभव प्रदान गर्नको लागि, पोको एम २ मा ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले, २३४०/१०८० रीसोलूशन र १९:५ :९ को आकृति अनुपात पनि रहेको छ । साथै कर्निंग गोरिला ग्लास ३ ले स्क्रीनलाई आकस्मिक क्षति र स्क्र्याचबाट सुरक्षित राख्दछ । फोनको सुरक्षाको लागि पी २आइ न्यानो कोटिङ्ग पनि छ जस्ले पोको एम २ लाई अनावश्यक स्प्ल्यास प्रतिरोधी बनाउँदछ ।
पोको एम २ मा क्वाड क्यामेराको विशेषता रहेको छ जसमा १३ एमपी प्राइम सेन्सर, ८ एमपी अल्ट्रा वाइड सेन्सर, ५ एमपी म्याक्रो सेन्सर र २ एमपी डेप्थ सेन्सर समावेश छ । ८ एमपी अल्ट्रा वाइड क्यामेराको साथ ११८ डिग्री फिल्ड भ्यू खिच्न र प्रयोगकर्ताहरुले आफ्नो दृश्य अवलोकनलाई विस्तार गर्दै ड्रामेटिक क्लोजअप शटहरु लिन सक्छन् । प्रयोगकर्ताले म्याक्रो क्यामेरामा रमाइलो भिडियोका लागि पूर्ण एचडी फूटेज लिन सक्छन् । पोको एम२ ५००० एमएएच बिल्ट-इन ब्याट्रीका साथ आउँदछ र लामो समयसम्म ब्याट्री ब्याकअपका लागि १८ वाट्ट फास्ट चार्जिंग (१० वाट्ट इन बक्स) समर्थन गर्दछ ।
पोको सी ३ - गेम चेन्जर
टु-टोन डिजाइन अभिलक्षणका साथ पोको सी३ यस क्षेणीमा प्रयोगर्ताहरुलाई उत्तम तरिकाले फिट हुने स्मार्टफोन बनाउन आन्तरिकहरुको सन्तुलित सेटका साथ आउँदछ । पोको सी३ बजारमा उपलब्ध भएको सबैभन्दा सस्तो ट्रिपल क्यामेरा फोन पनि बनेको छ । पोको सी३ को ट्रिपल क्यामेरा सेटअपमा १३ एम.पी प्राइमरी सेन्सर, २ एम.पी म्याक्रो सेन्सर र १३ एम.पी डेप्थ सेन्सर पनि छ । डेप्थ सेन्सरले क्रिमी बोकेहका साथ क्रिस्प पोट्रेटहरु खिच्न मद्दत गर्छ, म्याक्रो सेन्सरले रमाइला क्लोज अप शटहरु साथै ७२०पी मा म्याक्रो भिडियोहरु पनि शुट गर्ने क्षमता राख्दछ ।
५००० एमएएच उत्कृष्ट ब्याट्री प्रविधिका साथ प्रयोगकर्ताले फोन अझै लामो समयसम्म चल्ने अपेक्षा गर्न सक्छन् । पोको सी३ मिडियाटेक हेलियो जी ३५ ( ८ कोर प्रोसेसरका साथ कोटेक्स ( ए५३ कोरका साथ २.३ जीएचजेड सम्म क्लक गरिएको छ । ५००० एमएएच उच्च क्षमताको ब्याट्रीको साथ पोको सी ३ ले पर्फमेन्स र दक्षतामा पनि सन्तुलन कायम गरेको छ ।

दराजद्वारा डिल्स हेरेको हेर्यै अभियानको घोषणा

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

प्रतिक्रिया