वीरेन्द्रनगरमा एक पुरुष मृत फेला

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक पुरुष मृत फेला परेका छन् । सोमवार राति सुर्खेतको सिम्ता गाउँपालिकाका ३९ वर्षीय रामबहादुर राना क्षेत्रीको शव फेला परेको हो ।
मृतक रानाको शव वीरेन्द्रनगर–६, स्थित यज्ञपिसहोम बोडिङ्ग स्कुल नजिक भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । शवलाई पोस्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल लगिएको छ । मृतकको शरीरमा कुनै चोटपटक नभएकाले पोष्टमार्टम रिपोर्टपछि वास्तविकता बाहिर आउने डिएसपी घर्तीले बताए ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया