हेटौंडामा लागूऔषधसहित तीन जना पक्राउ

मकवानपुर - मकवानपुर प्रहरीले हेटौंडाको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ छ । प्रहरीले हेटौंडा–४ स्कुलरोडबाट २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको २६ बोतल लागूऔषध वनरेक्स सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–१० का ३१ वर्षीय राजेश विक र हेटौंडा–५ का २६ वर्षीय मानवीर थिङ रहेका छन् । उनीहरूले बोकेको झोला खानतलासीको क्रममा वनरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
यस्तै अवैध लागूऔषध डाइजेपामसहित हेटौंडा–१३, पदमपोखरीबाट एक जनालाई पक्राउ परेका हुन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा २३ वर्षीय निक्मा लामालाई पक्राउ गरेको हो । उनको पाइन्टको खल्तीमा लुकाएर राखेको अवस्थामा लागूऔषध डाईजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नुर्फिन १ एम्पुल गरी ३ एम्पुललाई लागूऔषध फेला परेको हो । प्रहरीले अनुसन्धानको क्रममा उनको साथबाट करिब ३३ एम्पुल लागूऔषध डाइजेपाम फेला परेको जनाएको छ । पक्राउ परेका तीन जनालाई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रवक्ता कार्कीले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया