नौ लाख ५० हजार स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

पर्सा - पर्सामा नौ लाख बढी रकमसहित हुण्डी कारोबार गर्ने अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार साँझ रक्सौलबाट वीरगञ्ज आउँदै गरेको अवस्थामा भारतीय नागरिक वर्ष ४१ का संजय राम पक्राउ परेका छन् ।
ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटमा खटिएको टोलीले नियमित चेकिङको क्रममा प्रदेश ३-०२-०११ प ८६२७ नम्बरको रातो कालो पल्सर मोटरसाइकलमा हरियो प्लाष्टिकको झोलाभित्र लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रुपैयाँ नौ लाख ५० हजारसहित रामलाई पक्राउ गरिएको हो ।
उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया