बालेनलाई बधाई दिँदै सिर्जनाले भनिन्- 'काठमाडौँवासीको मन जितेँ, मत जित्न सकिनँ'

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले महानगरवासीको मन जित्न सके पनि मत जित्न नसकेको बताएकी छन् । महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएसँगै मेयरमा निर्वाचित बालेन साहलाई बधाई दिँदै यस्तो बताएकी हुन् ।
'विजयी हुने गरि निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें' सिंहले भनेकी छिन् 'अत लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापुर्वक स्वीकार र आत्मसात गर्दछु ।'
सिंहले बालेनसँगै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई महानगरवासीको भावना बमोजिम कार्य गर्न सुझावसँगै पुर्ण कार्यकालभर रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया