सरकारले आयल निगमलाई निजीकरण गर्न खोजिएको भन्ने विषय भ्रामक हो : मन्त्री बडु

काठमाडाैं– उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल सरकारले नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भन्ने विषय पूर्णतया आधारहीन, भ्रामक र असत्य रहेको बताएका छन् । मन्त्री बडुले संसदमा बोल्दै यस्तो बताएका हुन् ।
‘नेपाल सरकारले नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भन्ने विषय पूर्णतया आधारहीन, भ्रामक र असत्य रहेको छ,’ उनले भने, ‘आयल निगमलाई निजीकरण नभइ प्रशासनिक, वित्तिय एवम व्यवस्थापकीय रुपमा सुधार गरि चुस्त दुरुस्त राख्दै प्रतिस्पर्धी बनाउने अध्ययन भइरहेको जानकारी गराउन चाहान्छु ।’
मन्त्री बडूले पेट्रोलिय पदार्थको आपूर्तिलाई सहज र प्रतिस्पर्धी बनाउन नेपाल आयल निगमका साथै निजी क्षेत्रलाई पनि आपूर्तिमा समावेश गराउने विषयमा आवश्यक सुझाव पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित कार्यदललाई आदेश दिइएको उनले बताए ।

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया