लकडाउन अवधिका शुल्क नलिन विद्यालय सञ्चालकलाई सांसद यादवको आग्रह

पर्सा : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले लकडाउन अवधिभरको शुल्क नलिन नीजि विद्यालय सञ्चालकलाई आग्रह गरेका छन् । कोभिड-१९ को माहामारीका कारण लामो समय देखी बन्द रहेका विद्यालय र पढ्न नपाएका बालबालिका दुवै प्रभावित भएको भन्दै उनले विद्यार्थीका अभिभावकहरुलाई तनाब सिर्जना हुने गरी शुल्क नलिन आग्रह गरेका हुन् ।
सांसद यादवको उपस्थितिमा आइतबार बसेको बैठकमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र एन प्याब्सन पर्साले सरकारको निर्णय कार्यान्वयनका लागि ३ बुँदे प्रस्तावसमेत राखेका छन् ।
प्याब्सन पर्साका अध्यक्ष हरिशंकरप्रसाद साह तथा एन-प्याब्सनका अध्यक्ष रामसुन्दर चौधरीको संयुक्त अध्यक्षतामा बसेको बैठकमा विद्यालयका सञ्चालकहरूले, लकडाउन अवधिभर विद्यालयलाई पुगेको क्षति, शुल्क मिनाह तथा विविध समस्याको सम्बन्धमा सरकारको निर्णय कार्यान्वयन गर्न ३ बुँदे प्रस्ताव रादिएको हो ।
सांसद यादवले तीन बुँदे प्रस्ताव सरोकारवाला निकायसम्म पुर्याएर निर्णय गराउन पहल गर्ने बताएका छन् ।

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया