बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद हटाउन संकल्प प्रस्ताव दर्ता

काठमाडौं– सांसद्हरूले बाल यौन दुव्र्यवहारको कसुरमा सजायको लागि उजुरी दिने हटाउन राष्ट्रिय सभामा  संकल्प प्रस्ताव दर्ता गराएका छन् । हदम्यादका कारण पीडितले न्याय नपाउने र पीडकले सजायबाट उन्मुक्ति पाउने भएकाले यसलाई संशोधन गर्न सांसदहरूले शुक्रबार संकल्प प्रस्ताव दर्ता गराएका हुन् । 

‘समाजमा बालबालिकाविरुद्ध यौन हिंसाका घटनाहरू बढिरहेको  डर, त्रास, लोभ, लालच, वा यस्तै विभिन्न शारीरिक र मानसिक अवस्थाका कारण बालबालिकाले समयमै घटनाको उजुरी दिन नसकेको र उजुरी दिनका लागि सक्षम भइसक्दा उजुरी दिने हदम्यादको कारण पीडितले न्याय नपाउने र पीडकले सजायबाट उन्मुक्ति पाउने अवस्था देखिएकाले बालबालिका संरक्षण सम्बन्धी ऐन २०७५ दफा ७४, उप दफा २ र मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा २ मा रहेको यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी हटाउनुका साथै दण्ड सजायको व्यवस्थासमेत पुनरावलोकन गर्न जरुरी देखिएको छ,’ संकल्प प्रत्रमा उल्लेख गरिएको छ । सांसद कमला पन्त प्रस्तावक रहेको संकल्प पत्रमा ८ जना सांसदहरूले समर्थकको रुपमा हस्ताक्षर गरेका  छन् ।