‘सत्यमोहन’लाई उत्तम शान्ति पुरस्कार

काठमाडाैँ – पत्रकार गिरीश गिरीले लेखेको सत्यमोहन जोशीको आत्मकथा पुस्तक ‘सत्यमोहन’लाई उत्तम शान्ति पुरस्कार प्रदान गरिएको छ ।
संस्कृतिविद् जोशी र लेखक गिरीलाई संयुक्त रुपमा पुरस्कृत गरिएको हो । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले वर्षभरि छापिएका गैरआख्यान विधाका कृतिबाट छानेर उत्तमशान्ति पुरस्कार हरेक वर्ष प्रदान गर्छ ।
‘रूपरेखा’ पत्रिकाका सम्पादक तथा ‘स्रष्टा र साहित्य’ कृतिबाट मदन पुरस्कार प्राप्त गरेका उत्तम कुवँरको सम्झनाका उनको जन्मदिनका दिन जेठ १२ गते पुरस्कार दिइन्छ । बिहीबार सत्यमोहन जोशीको घर पाटनमा पुरस्कार समर्पण कार्यक्रम आयोजना गरिएको थियो ।
पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । यही वैशाख ३० मा १०२ वर्ष पूरा गरेका सत्यमोहन जोशी नेपाली संस्कृति, भाषा र कलाका क्षेत्रमा अनवरत स्रष्टाको नाम हो । गिरीश गिरीको ‘वीरगन्ज : मेरो सहरको कथा’ पुस्तक तथा अनुवाद कृति प्रकाशित छन् ।

'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१' सकियो

सन्नी देओलको 'हनुमान लुक' सार्बजनिक

दुई दिनमा ४५ करोड बढी कमाएको एउटा फिल्म

ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

साउदी अरबले बनाउने ५ महत्वकांक्षी फिल्म कस्ताे हुनेछ ?

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

प्रतिक्रिया