सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

ब्युटी ब्रान्ड ‘डीएचसी’ अब नेपालमा, करिश्मा– बेनिशाले गरे सार्वजनिक

काठमाडौं -अभिनेत्री करिश्मा मानन्धरले आफूले सुन्दरताको लागि गुणस्तयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने बताएकी छिन् । बाल्यकाल देखि नै आफू कस्मेटिक प्रति निकै सजग भएको उनको कथन छ । 

बिहीबार काठमाडौंमा एक समारोहबीच जापानको अन्तर्राष्ट्रिय उत्पादन ब्युटी कस्मेटिक ‘डि एच सी’को स्किनसम्बन्धी विभिन्न २१ वटा उत्पादन सार्वजनिक गर्दै अभिनेत्री करिश्माले यस्तो भनाइ राखेकी हुन् ।

हलिउडका कलाकारहरुले महत्वका साथ प्रयोग गर्दै आएको यो उत्पादन नेपालमा भित्रिएकोमा अभिनेत्री करिश्माले खुसी व्यक्त गरिन् । कार्यक्रममा अभिनेत्रीहरू करिश्मा मानन्धर, बेनिशा हमाल, गायिका तृष्णा गुरुङ, मोडल उषा उप्रेती, हिमान्चल  ट्रेडिङका अध्यक्ष नारायण प्रसाद न्यौपाने, प्रबन्ध निर्देशक सुजन न्यौपाने, डिएचसीका नेपाल सेल्स म्यानेजर कमल भारतीले डीएचसीका २१ वटा उत्पादको संयुक्त लोकार्पण गरे । 

विश्वका मानिसहरुको मन जितेर सबैलाई प्राकृतिक रुपमै सुन्दर बनाउँदै आएको सौन्दर्य सम्बन्धी अन्तर्राष्ट्रिय उत्पादन डीएचसीलाई आफूले सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको पनि करिश्माले बताइन् । जापानमा कस्मेटिक अवार्ड जितेको यो उत्पादन प्रति आफू विश्वस्त भएको पनि करिश्माले बताइन् । 

यस्तै अभिनेत्री बेनिशा हमालले विश्वमा प्रति सेकेन्ड कम्तिमा एक उत्पादन बिक्री हुने डीएचसी आफुहरुको लागि झनै उपयोगी हुने गरेको उनले बताइन् । नायिका भएका कारण आफू छालाको सुन्दरता र स्वास्थ्य प्रति निकै सजग भएको र विदेशबाट मगाउने गरेको यो उत्पादन अब नेपालमै किन्न पाउँदा आफूहरु झनै खुसी भएको पनि उनले बताइन् ।

मोडल उषा उप्रेतीले नारीहरुको सुन्दरतामा ब्युटी उत्पादनको निकै महत्व हुने गरेको बताइन् । नक्कली कस्मेटिक सामग्रीले छालालाई असर पारेको बेला यो अन्तर्राष्ट्रिय क्षेत्रमै लोकप्रिय जापानिज उत्पादन डीएचसीले नेपालीहरूको सुन्दरतामा अझ निखार ल्याउने बताइन् ।

नेपालमा डीएचसीको उत्पादन भित्राउन सफल कम्पनी हिमाञ्चल ट्रेडिङका प्रबन्ध निर्देशक सुजन न्यौपानले कार्यक्रममा भने,‘जापानमा क्लिनिकल्ली प्रमाणित भएको आईएसओबाट प्रमाणित डीएचसीको उत्पादन हलिउडका स्टारहरूको समेत पहिलो नम्बरको रोजाइमा परेको कस्मेटिक हो र यो अन्तर्राष्ट्रिय ब्रान्ड विश्वका ३५ भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको छ ।

गुणस्तरमा विश्वको मन जितेको यो कस्मेटिक उत्पादन अब हामीले भारतीय बजार भन्दा निकै सस्तो मूल्यमा नेपालमा बिक्री गर्दैछौं ।’ डी एच सीको स्किन केयर, हेयर केयर, मेक अप, सप्लिमेन्ट सहित दुई हजार भन्दा बढी उत्पादन विश्व बजारमा बिक्री हुँदै आए पनि आफुहरुले नेपालमा अहिले स्किन केयर सम्बन्धि २१ वटा उत्पादन भित्र्याएको पनि प्रबन्ध निर्देशक सुजनले कार्यक्रममा बताए ।