गाउँपालिका अध्यक्षको निधनमा पाँच दिन बिदा, १० दिन राष्ट्रिय झण्डा झुकाउने

कैलाली : अध्यक्षको निधन भएपछि एक गाउँपालिकाले पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कैलालीको मोहन्याल गाउँपालिकाले अध्यक्ष नवलसिंह रावलको निधनमा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको वडा नम्बर २ का अध्यक्ष देवीदत्त उपाध्याले जानकारी दिए ।
उनकाअनुसार मंगलबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले अध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै चैत १८ गतेदेखि २२ गतेसम्म गाउँपालिकाभरीका सरकारी र गैरसरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै १० दिनसम्म सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको उनले बताए ।
अध्यक्ष रावलको उपचारमा लागेको आठ लाख र अन्त्यष्टिमा लाग्ने खर्च समेत गाउँपालिकाले ब्यहोर्ने निर्णय गरेको उनले जानकारी दिए । ७७ वर्षीय अध्यक्ष रावलको मंगलबार बिहान काठमाडौको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया