देउवाले पत्याएनन् दाहाललाई

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी दल र यहाँहरुको स्पष्ट धारणा नआएसम्म सरकारमा जाने कुरा नगर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । ‘अदालतको आदेश पुनरावेदन दर्ता गराएर यता सरकार बनाउने विषय गर्न आउनु भएको छ,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘यहाँहरूलाई कसरी बुझ्ने ? स्पष्ट धारणा के हो ? कसरी जाने भन्ने पहिला यहाँहरू स्पष्ट भएर आउनु होला अनि सहकार्यको विषयमा कुरा हुन्छ ।’
ढुक्क हुने कुरा नै नभएकाले पनि अन्यौलता रहेको उनले बताए । कांग्रेस लोकतन्त्र, मानवअधिकार र समाजवादको लागि सधै लागि रहेको पुरानो दल रहेको भन्दै देउवाले उनलाई भने, ‘माओवादी केन्द्र र जसपाको लाइन स्पष्ट हुनुपर्छ । त्यसपछि मात्र सहकार्य सम्भव छ । अन्यथा गफगाफ चलिरह्न्छ नै ।’
देउवाले दाहाललाई कसैको समर्थन र विरोध भन्दा पनि विधिको शासनलाई कांग्रेसले अंगाल्ने बताएपछि दाहालले आफूले त्यसप्रकारको वातावरण तय गर्ने बताएका हुन । दाहालले यहाँले नै सरकारको नेतृत्वगरेर नयाँ सरकार बनाउन पर्ने भन्दै त्यसको लागि पहल गरेका थिए । उनले पुनरावेदन गर्न अदालतमा दिन परेको निवेदन बारे यहाँ स्वयं पनि जानकार रहेको भन्दै त्यसको अर्थ रहेको बतँएका थिए ।
दल एउटै बनाएको खण्डमा सबै तर्फबाट दाहाल र माधवकुमार नेपाल पक्षधरको बहुमत रहने हुनाले त्यसतर्फ जान दाहालहरु बाध्य भएका हुन । यद्यपि अदालतले त्यसो गर्नुको कारण यसअघि नै स्पष्ट पारेको हुनाले त्यसमा कस्तो निर्णय आउँछ त्यो हेर्न बाँकी छ । दाहाल त्यहाँबाट जसपा नेता डा. बाबुराम भट्टराईलाई भेट्न सानेपा पुगेका हुन ।

देशमा बहुआयामिक र चौतर्फी रूपमा विकास गर्दैछौँ : प्रधानमन्त्री ओली

प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी रहन कार्यकर्तालाई प्रचण्डको आग्…

इरान-इजरायल युद्ध : नेपाल फर्कन चाहनेलाई सरकारले उद्दार गर्ने

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

भिजिट भिसा प्रकरणमा माओवादीसँग सहमति भइसक्यो, अरू दलसँग सहमति गर्न आवश्यक छै…

कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव

प्रतिक्रिया