मत परिणाम आफ्नो पक्षमा नदेखिएपछि सरकारतिर धारे हात लाउनु बेठीक कुरा हो : प्रचण्ड
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन मूलरूपमा शान्तिपूर्ण सम्पन्न भएको बताएका छन् । शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले प्रमुख प्रतिपक्षी दलले मत परिणाम आफ्नो पक्षमा नदेखिएपछि सरकारतिर धारे हात लाएको भन्दै त्यो ठीक नभएको बताए ।
‘मानौ यो निर्वाचन सफल नै भएन । दमन गरियो भन्ने व्याख्या प्रतिपक्षी दलको नेताले गर्नुभयो । धेरै खण्डन आलोचना गर्नु त छैन,’ उनले भने, ‘मैले नबुझेको कुरा उहाँहरूको मूल्यांकन आयो, ‘लज्जास्पद अन्तर्घात निर्वाचनमा एमाले कमजोर भयो' । अनि संसद्मा दलको नेताले सरकारले गर्दा भन्नुभयो । मुख्य कारण अन्तर्घात हो कि सरकारले गर्यो भन्ने कुरा मुख्य हो ? मत परिणाम आफ्नो पक्षमा नदेखिएपछि सरकारतिर धारे हात लाउनु बेठीक कुरा हो ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया