ओलीलाई प्रचण्डको चुनौतीः एक्लै प्रधानमन्त्री बनेर देखाउनुस् त
दुईपटक माओवादीको बैशाखी टेकेर ओली प्रधानमन्त्री बनेकाे दाबी

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् । शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले दुई पटक माओवादीले ओलीलाई प्रधानमन्त्री बनाइ दिएको बताए ।
‘तपाई(केपी ओली)लाई दुई चोटी प्रधानमन्त्री बनाइ दिएको हो । माओवादीको बैशाखी टेकेर तपाई दुईचोटी प्रधानमन्त्री बन्नुभएको होइन ? माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको उहाँ। एक्लै भएको छु भन्ने ठान्नुभएको छ भने त्यो भ्रम हटाइदिनोस्। तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन,' प्रचण्डले भने, ‘एक्लै अब बनेर देखाउनुस् त । आगामी चुनावमा एक्लै प्रधानमन्त्री बनेर देखाउनुस् त ।'

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया