काठमाडौँ र धरानमा नयाँ फूल फुल्नु राजनीतिलाई चुनौती मात्रै होइन कमजोरी सच्याउने अवसर पनि हो : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा काठमाडौँ र धरानमा नयाँ फूल फूलेको बताएका छन् । शनिबार बसेको संसद् बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले काठमाडौँ महानगरपालिकाका मेयर र धरान उपमहानगरपालिकाको मेयर मात्रै स्वतन्त्र भएको बताए । उनले अन्य ठाउँमा जितेका स्वतन्त्र उम्मेदवार दलका कार्यकर्ता भएको बताए ।
'काठमाडौँ र धरानमा फूल फक्रिए । यही व्यवस्थाको उपलब्धि हो' प्रचण्डले भने 'तर यो राजनीतिलाई चुनौती मात्रै होइन हामीलाई सचेत हुन र कमीकमजोरी सच्याउन अवसर पनि हो ।'
...
एमाले कार्यकर्ताप्रति भरोषा र विश्वास रहेको बताए । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्भ र अहंकारबाट पछि नहटेको बताएका छन् । तर ओलीले घोचपेच मात्रै गरेको उनले बताए । 'ओली दम्भ र अहंकारबाट पछि हटेनन् । एमाले कार्यकर्ताप्रति भरोषा र विश्वास छ' प्रचण्डले भने 'ओलीसँग यो दम्भ र अहंकार नहुने हो भने अरु सबै एमालेका कार्यकर्तासँग मिलेर काम गर्न म कठिन हुने देख्दिन । तर अझै बाँण प्रहार गर्नुभयो । आज यो परिस्थित कसले बनायो ? जिम्मेवारी को ?'
...
'मलाई नमिठो अनौठो लाग्यो अस्ति प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताले भनेका कुरा । हामी कसैको बैशाखी टेकेर हिड्दैनौँ भन्नु भो । म त्यहीँ अगाडी छु आँखा जुधेको छ । आज आउनु भएन' प्रचण्डले भने 'मेरो अगाडि कम्तिमा पनि जसको सहयोमा दुई पटक प्रधानमन्त्री बन्नुभयो । यो बैशाखी हो कि सहयोग हो ?'
...
'चुनावले बलियो सन्देश दियो ति सबै तत्वलाई दियो जसले संविधान उल्ट्याउन, कमजोर बनाउन, मिच्न चाहनेलाई तत्वलाई राम्रो जवाफ दियो' प्रचण्डले भने ।
...
'समस्या समाधन गर्न साझा संकल्प र प्रतिवद्धताको आवश्यक देखिएको छ । तर अस्तिदेखि घोचपेचको अवस्था मात्रै देखियो' प्रचण्डले भने 'तर हामीमा छलफल भएन । समस्या समाधानका लागि नयाँ भिजन दिनेभन्दा एकले अर्कोलाई दोष दिएर बस्यौँ ।'

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया