वर्षाले छाडेको फिल्म गरिमालाई अफर ?

काठमाडौं : लकडाउनअघि फ्लोरमा निस्किन लागेको फिल्म ‘सुदूर’ लकडाउनका कारण रोकियो । एक वर्षपछि सुटिङमा जान लाग्दा वर्षा सिवाकोटीले धोका दिइन् । उनले समयको कारण देखाउँदै फिल्ममा काम गर्न नसक्ने जवाफ दिइन् ।
वर्षा फिल्मबाट बाहिरिएपछि निर्देशक रमेश बुढाथोकी यति धेरै विरक्तिएका थिए कि उनी फिल्मका बारेमा कुरै गर्न चाहान्नथे । तर, बुढाथोकी वर्षाले दिएको धोका बिर्सेर पुन ः एक पटक टिम बनाउन लागिपरेका छन् । उनले मंगलबार मात्र फिल्मका लागि गरिमा शर्मालाई भेटेका छन् ।
प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फेसबुकमा सार्वजनिक गरेको फोटोमा रमेश बुढाथोकी र गरिमा शर्मा अटाएका छन् । पुष्करले रमेश बुढाथोकीको नयाँ चलचित्रको छलफलका क्रममा भन्दै ती फोटो राखेका हुन् ।
टिकटक हुँदै म्युजिक भिडियोमा आएकी गरिमा शर्मा पछिल्लो समय पल शाहसँगको अफेयरका कारण पनि चर्चामा छिन् । दुई हप्ताअघि भएको प्राविधिक संघको नेफ्टा अवार्डमा पल र गरिमासँगै नाचेपछि दुवैको अफेयरको खबरले औपचारिकता पाएको थियो ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया