बागमती प्रदेश सभा: बैठक चलिरहँदा रित्तियो सदन

मकवानपुर- बागमती प्रदेशसभाको बैठक छाडेर सांसदहरु बाहिरिएपछि सदन रित्तिँदै गएको छ । शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहेको अवस्थामा सांसद्हरु बाहिरिएका हुन् ।
विहान साढे ११ बजेदेखि सुरु भएको प्रदेशसभा बैठकबाट साढे ३ बजेसम्म आइपुग्दा लगभग आधाभन्दा बढी सांसद्हरु बाहिरिसकेका छन् । सदन छोड्नेहरुमा सत्तारुढ गठबन्धन दल र प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद्हरु रहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बेन्च लगभग खाली भएको छ । सो बेन्चमा रहेका प्रतिपक्षी दलमध्ये विवेकशील साझा पार्टीका रमेश पौड्यालमात्रै देखिएका छन् ।
त्यसपछिका कुर्सीहरुमा एमालेका सांसद्हरु संख्या शून्य अवस्थामा छ । विवेकशीलका तीन जना सांसद् प्रतिपक्षीको बेन्चमा देखिएका छन् । यसैबीच बागमती प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठक ३० मिनेटको लागि स्थगित भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न बसेको बैठक उपसभामुख राधिका तामाङ्ले ३० मिनेटको लागि स्थगित गरेकी हुन् । बैठकमा हालसम्म २८ जना सांसद्हरुले सरकारले ल्याएको प्रि बजेटमाथि धारणा राखिसकेका छन् । ३० मिनेट पछि बैठक पुनः सुचारु हुनेछ ।

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया