आगामी आर्थिक वर्षको बजेट आज
सांसदहरू ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

काठमाडौं - सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्न लागेको हो ।
आज दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् ।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो । संसद सचिवालयले ३:४५ बजे नै सांसदहरूलाई संसद् भवन छिरिसक्न आग्रह गरेको छ ।
यसअघि शनिबारको प्रतिनिधि सभा बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

प्रतिक्रिया