त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो ।
दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । नेपालका लागि सन्जोक राई र विशाल राईले एक/एक गोल गरेका थिए ।
बंगलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो भने उपविजेता बंगलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ । (रासस)

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया