शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

तस्बिरमा हेर्नुहोस् गणतन्त्र दिवस समारोह

काठमाडौं - आज जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन ।  देशभर विभिन्न कार्यक्रम मनाइँदै छ । सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहबीच गणतन्त्र दिवस मनाएको छ ।  पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो । 

समारोहमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

तस्बिर : रासस