बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

स्वास्थ्य क्षेत्रको सूचकमा सुधार

काठमाडौँ - नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो । 

दिगो विकासको लक्ष्य अनुसार सन् २०३० मा प्रजनन दर २ दशमलव १ पुर्‍याउने लक्ष्य भए पनि अहिले नै २ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा जनाइएको छ । 

यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर र नवजात शिशु मृत्युदर पनि दिगो विकास लक्ष्य अनुसार घटाउन सफल भएको देखिएको छ । मातृ स्वास्थ्यसम्बन्धी अन्य सूचकको चालु आवको फागुनसम्मको उपलब्धिको अनुपातले यस आवको अन्त्यसम्म दिगो विकास लक्ष्यले तोकेको लक्ष्य पूरा हुने प्रारम्भिक अनुमान देखिएको सर्वेक्षणमा जनाइएको छ । 

पूर्णरुपमा सबै प्रकारका खोप लगाएका बालबालिका ५९ दशमलव ७ प्रतिशत रहेका छन् । यस्तै स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला ५२ दशमलव ७ प्रतिशत रहेको छ । नवजात शिशु मृत्युदर (प्रति एक हजार जीवित जन्ममा, जन्मेको २८ दिनभित्र) १६, शिशु मृत्युदर​ (प्रति एक हजार जीवित जन्ममा, जन्मेको एक वर्षभित्र)मा २५, पाँच वर्षमुनिको बाल मृत्युदर (प्रति एक हजारमा) २८ जना तथा कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला ५० प्रतिशत, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवती महिला ४९ दशमलव ५ प्रतिशत रहेका छन् । 

चालु आर्थिक वर्षमा कूल ग्राहस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १ दशमलव ७९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आव २०७७÷७८ को तुलनामा यस आवमा स्वास्थ्य क्षेत्रको कूल मूल्य अभिवृद्धि ६ दशमलव ९१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको सर्वेक्षणमा जनाइएको छ । रासस

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल