गण्डकीको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस

पोखरा : चैत २५ गतेबाट हिउँदे अधिवेशन सुरु गर्न गण्डकी प्रदेश सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भाैतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
मन्त्रिरिषद् बैठकले निजी फर्म दर्ता नविकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पेस गर्ने स्वीकृति दिने निर्णय पनि गरेको छ । हिउँदे अधिवेशनमा पेश गर्न प्रदेश सरकारले यसअघि नै बालबालिका सम्बन्धी विधेयक र आमसञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने स्वीकृति दिइसकेको छ ।
वित्तिय उत्तरदायीत्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भइसकेको छ । प्रदेश सभाको अबको अधिवेशनमा कम्तीमा १० विधेयक लैजाने योजना आन्तरिक मामिला तथा कानुन मन्त्रालयको छ ।
‘४ वटा विधेयक २५ गते अगाडि नै दर्ता हुन्छन्, कम्तीमा १० विधेयक लैजाने योजना छ, महत्वपूर्ण विधेयक ल्याएर काम अघि बढाउनु छ,’ कानुन मन्त्री हरिबहादुर चुमानले भने, ‘सिंचाइ, सहकारी र वन सम्बन्धी विधेयक ल्याउने गरी तयारी अघि बढ्दै छ ।’
गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन असोज २६ गते सम्पन्न भएको थियो । नेपालको संविधानले दुई अधिवेशनबीचको समय बढीमा ६ महिना हुनसक्ने व्यवस्था गरे अनुसार सरकारले २५ गतेबाट प्रदेश सभा डाक्न सिफारिस गरेको हो । यसबीच प्रदेशमा विशेष अधिवेशन डाकिएको थियो । पुस २१ देखि माघ ६ सम्म चलेको विशेष अधिवेशनमा साझा सहमतिको संकल्प प्रस्तावसहित ४ सार्वजनिक जरुरी महत्वको प्रस्ताव लगिएको थियो ।

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छ : श्रमम…

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन् : प्रधानमन्त्री ओली

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

प्रतिक्रिया