प्रदेश १ को नाम ‘किरात सगरमाथा’ राख्न आग्रह

मोरङ - प्रदेश १ को नाम सबै समुदायलाई मान्य हुने गरी ‘किरात सगरमाथा’ राख्न आग्रह गरिएको छ । किरात धर्मगुरु माहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ आश्रम माङसेबुङ, इलामद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पाँच हजार वर्ष अगाडि महाभारतकालीन इतिहासमा ‘किरात’ उल्लेख भएको हुनाले यस प्रदेशको नामकरण ‘किरात सगरमाथा’ राख्नुपर्नेमा जोड दिइएको हो ।
धर्मगुरुका निजी प्रवक्ता डिल्लीराम चाम्लीङले किरात प्राकृतिक, भौगोलिक, सांस्कृतिक सबै दृष्टिकोले उत्कृष्ट रहेकोले सोही नाम राखेमा सम्पूर्ण प्रदेशवासीको अपनत्व हुने विचार व्यक्त गरे ।
किरात राई समाजका दशरथ रुम्दालीले प्रदेशको नामाकारण नहुँदा यस क्षेत्रका जनता समस्यामा परेकाले अविलम्ब उत्कृष्ट सभ्यताको किरात र विश्वको सर्वोच्च शिखरसहितको संयुक्त नाम राख्नु उत्तम हुने धारणा व्यक्त गरे ।
समाजसेवी धनराज मेयाङवोले पनि किरात सभ्यता विश्वमा पहिचान र सबै धर्मसंग सम्बन्धित रहेकाले ‘किरात सगरमाथा’ प्रदेश नै नामकरण गर्न सरकारसँग आग्रह गरे । रासस

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया