शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

भारतीय राष्ट्रपतिको मुटुको शल्यक्रिया, राष्ट्रपति भण्डारीद्‍वारा स्वास्थ्य लाभको कामना

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेकी छन् । 

राष्ट्रपति भण्डारीले मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना समकक्षीको स्वास्थ्य लाभको कामना गरेकी हुन् । भारतीय राष्ट्रपति कोविन्दको मंगलबार मुटुको सफल शल्यक्रिया गरिएको छ । शल्यक्रिया सम्पन्‍न भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपतिले शीघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन् ।