प्राविधिक तथा व्यवसायिक शिक्षा तालिमका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले प्राविधिक तथा व्यवसायिक शिक्षा तालिमका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन गरेको बताएका छन् । संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै मन्त्री शर्माले प्राविधिक तथा व्यवसायी शिक्षा तालिम परिषद्को पुनर्संरचना गरिने बताए ।
पुनर्संरचना गर्दै छुट्टाछुट्टै तालिम गुणस्तर नियामक निकाय र सीपमूलक तालिम कार्यक्रम कार्यान्वयन निकायको रूपमा विकास गरिने अर्थमन्त्री शर्माले बताए ।
प्राविधिक तथा व्यवसायी शिक्षाको विस्तार, समृद्धिको आधार भन्ने सोचका साथ हाल सञ्चालनमा रहेका प्राविधिक विद्यालयको नक्सांकन तथा समायोजन गरी पहुँच विस्तार गरिने मन्त्री शर्माले बताए । प्राविधिक शिक्षालाई क्रमशः प्रदेशमा हस्तान्तरण गरिने उनले बताए ।

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

प्रतिक्रिया