ताप्लेजुङ—दार्चुला ग्रेट हिमालयन ट्रेलमार्फत जोड्न ३३ करोड

काठमाडौँ - सरकारले ताप्लेजुङ–दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलका लागि ३३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९र०८० आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ताप्लेजुङ–दार्चुला जोड्ने ट्रेलका लागि बजेट नियोजन गरेका हुन् ।
ग्रेट हिमालयन ट्रेल पर्यटकीय पदर्माग हो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला हुँदै दार्चुला करिब एक हजार ७०० किलोमिटर भाग पर्छ ।
ग्रेट हिमालयन पदमार्गमा बन्ने संरचना पूर्वदेखि पश्चिमसम्म एउटै गुणस्तरको बनाउने सरकारको योजना रहेको छ । सोहीअनुसार यो बृहत् पदयात्रा मार्गका लागि विगतदेखि प्राथमिताका साथ सरकारले बजेट विनियोजन गर्दै आएको छ ।
नेपालभित्र मुख्य १० क्षेत्रहरुलाई समेटेर ग्रेट हिमालयन ट्रेलको अवधारणा ल्याइएको हो । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल, मकालु वरुण, एभरेष्ट रोल्वालिङ, हेलम्बु लाङटाङ, गणेश हिमाल मनास्लु, अन्नपूर्ण मुस्ताङ, डोल्पा, रारा र जुम्ला, हुम्ला र सुदूरपश्चिमसम्म समेटेको छ ।
अहिले पदमार्ग बनेसँगै पर्यटकहरूको रोजाइमा समेत पर्दै गएको छ । अहिले विभिन्न भागमा विभाजन गरी पूर्वाधार निर्माण तथा प्रवद्र्धनको काम भइरहेको छ ।
गत वर्षको बजेटमा सरकारले सुदूरपश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङ जोड्ने हिमालयन हरित पदमार्ग रेखाङ्कन गरी पूर्वाधार निर्माण सुरु गर्ने कार्यक्रमलाई समेटेको थियो ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया