आज प्रतिनिधि सभा बैठक, के छ कार्यसूचीमा ?

काठमाडौँ : संघीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रेश गर्ने कार्यसूची छ ।
त्यस्तै विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले उक्त समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि छ । उनै खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संसोधन) विद्येयक सम्बन्धी प्रतिवेदन पेश गर्नेछिन् । सभामुखले शोक प्रस्ताव पेश गर्ने कार्यसूची पनि आजको बैठकको लागि तय गरिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया