अन्तराष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जालाई

काठमाडौँ - अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) लाई प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल पर्यटन बोर्डले आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा कीर्तिमानी आरोही पुर्जालाई उक्त पुरस्कार प्रदान गरेका हुन् । उक्त पुरस्कार रु एक लाख नगद राशिको रहेको पर्यटन बोर्डका महानिर्देशक तारनाथ अधिकारीले जानकारी दिए ।
यसैगरी पर्वतीय पर्यटनमा उल्लेखनीय योगदान गर्ने र विभिन्न कीर्तिमान कायम गर्ने टासीलाक्पा शेर्पा, मिङमाग्याल्जेन शेर्पा, खिमलाल गौतम र दावा शेर्पालाई रु ५० हजार नगद राशिको तेञ्जिङ हिलारी पुरस्कार प्रदान गरिएको छ ।
पुरस्कृत आरोहीहरुले आफूले पाएको पुरस्कारबाट सगरमाथा आरोहणमा अझै थप कीर्तिमान कायम गर्न साहस प्राप्त भएको बताएका छन् । आजदेखि सगरमाथामा मानव पाइला राखेको ६९ वर्ष पूरा भएको छ । उक्त अवसरको आयोजनामा आज पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले काठमाडौँको ठमेलदेखि कमलादीसम्म ¥याली आयोजनासमेत गरेका थिए । रासस

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया