कर्णालीमा एमालेले दिएको समर्थन फिर्ता, विश्वासको मत लिन मुख्यमन्त्रीलाई पत्र

सुर्खेत : कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ । एमाले झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले समेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।
एमाले सांसदले समर्थन फिर्ता लिएको जानकारी गराउँदै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन पत्र लेखेका छन् । एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन चैत ४ गते नै फिर्ता लिएका थिए ।
संविधानको धारा १८८ को २ अनुसार सरकारमा रहेको दल विभाजन भए वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लिनुपर्छ । यसबारेमा प्रदेश प्रमुख कलौनीले पत्र नै लेखेर मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । अब प्रदेशसभामा बहुमत कायम राख्न मुख्यमन्त्री शाहीलाई चुनौति थपिएको छ ।
तत्कालिन नेकपा हुँदा कर्णाली र सुदुरपश्चिममा माओवादी केन्द्रले सरकार बनाउने सहमति थियो । बाँकी पाँच प्रदेशमा एमालेले सरकार बनाएको थियो । तर नेकपा फुटेसँगै तत्कालिन नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमति पनि तोडिएको छ ।
सहमति तोडिएसँगै कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएको हो । यसअघि प्रधानमन्त्री ओलीको निर्देशनमा मुख्यमन्त्री शाहीविरुद्ध यामलाल कँडेलको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
तर त्यतिबेला खनाल-नेपाल समूहले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन कायम राखेका थिए । तर अहिले नेकपा विभाजन भएर माओवादी र एमाले बनेपछि दुवै दलले एक अर्कालाई दिएको साथ, सहयोग र समर्थन फिर्ता लिँदै आएका छन् ।
जसको असर कर्णाली प्रदेशमा पनि परेको हो ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया