यी हुन् जोमसोम रुटका चार ठूला विमान दुर्घटना

पोखरा- पोखरा-जोमसोम रुट निकै त्रासपूर्ण छ । विगत हेर्दा यहाँ ठूला ठूला दुर्घटना भएको देखिन्छ । आजभन्दा ७ वर्षअघि १२ फागुन २०७२ तारा एयरकै विमान दुर्घटना भयो । म्याग्दीमा दुर्घटना भएको यो दुर्घटनाबाट २३ जनाको ज्यान गएको थियो ।
१ जेठ २०६९ मा अग्नि एयरको विमान जोमसोममा दुर्घटना भयो । विमानस्थल नजिकै पानी टंकीमा दुर्घटना हुँदा १५ जनाले यसमा ज्यान गुमाए । २०५६ सालमा पनि जोमसोम रुटमै पर्ने म्याग्दीको नारच्याङमा लुम्बिनी एअरको विमान दुर्घटना हुँदा चालक दलसहित १८ जनाको ज्यान गएको थियो ।
३ भदाै २०५९ मा जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान पोखरामा दुर्घटना भयो । तत्कालीन समयमा १८ जनाको मृत्यु भएको थियो । २०७३ साल भदौमा तारा एयरकै जहाज धावनमार्गबाट चिप्लिएर कालीगण्डकीमा खस्यो । तर तत्कालीन समयमा मानवीय क्षति थिएन ।
गण्डकी क्षेत्रमा दुर्घटना भएका जहाजहरु अरु पनि छन् । २०१९ सालमा बागलुङको ढोरपाटनमा नेपाल वायूसेवा निगमको जहाज दुर्घटना हुँदा १० जनाले ज्यान गुमाए । सोही वर्ष नेपाल वायुसेवा निगमकै जहाज ढोरपाटनमै दुर्घटना भयो, ६ जनाको मृत्यु भयो ।
८ वर्षपछि २०२७ सालमा रोयल लाइट जोमसोममा दुर्घटना हुँदा एक जनाले ज्यान गुमाए । १८ वर्षअघि २०६२ सालमा यति एयरलाइन्सको विमान लमजुङमा दुघर्टनामा पर्दा ३ जनाले ज्यान गुमाएका थिए ।
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

प्रतिक्रिया