घाँस काट्न गएका आठ जना सम्पर्कविहीन

महोत्तरी : भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका ८ जना बालिका र किशोरी १७ घण्टादेखि सम्पर्कविहीन भएका छन् । मंगलबार अपराह्न करिब ४ घाँस काट्न गएका उनीहरु सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन भएका सबै १० वर्षदेखि १८ वर्ष उमेरका रहेका छन् । १० वर्षीया रञ्जना पासवान, सीमा पासवान, रचना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया अस्मिता पासवान र नगिना पासवान सम्पर्कविहीन छन् ।
उनीहरू राति ११ बजेसम्म पनि घर नफर्केको र अहिले नेपाल प्रहरी र स्थानीयको सहयोगमा सम्पर्कविहीन बालिका र किशोरीहरुको खोजी भइरहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले इकागजलाई बताए । प्रहरी उपरिक्षक अधिकारीका अनुसार घाँस काट्न गएका उनीहर सम्पर्कविहीन भएका हुन् । यो समाचार तयार पार्दासम्म उनीहरु सम्पर्कमा आएका छैन भने खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया