शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

रतिश लालको अध्यक्षतामा तारा एयर विमान दुर्घटना जाँच आयोग गठन

काठमाडौँ - सरकारले तारा एयरको विमान दुर्घटनामा चालकको असावधानी पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । 

संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मंगलबार मन्त्रीस्तरीय निर्णयले पाँच सदस्यीय जाँच आयोग गठन गर्ने निर्णय गरेको जानकारी गराएको हो । 

वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश लाल सुमनको अध्यक्षतामा गठन भएको आयोगमा सदस्यहरू क्याप्टेन दिपुराज ज्वार्चन , वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेका छन् ।