‘मिस्टर र मिस सुप्रानेसनल नेपाल २०२२’ ताज सनिस र केशुलाई

काठमाडौँ - सनिस श्रेष्ठ र केशु खड्काले ‘मिस्टर एन्ड मिस सुपरनेसनल २०२२’ को उपाधि जितेका छन् । आइतबार अबेर साँझ सोल्टी होटलमा आयोजित फाइनल स्पर्धामा श्रेष्ठले मिस्टर र खड्काले मिस तर्फको शीर्ष उपाधि हात परेका हुन् । विजेता दुवैले ७ लाख बराबरको पुरस्कार राशि र विभिन्न गिफ्ट हात पारेका हुन् ।
एक भब्य समारोहका बीच आयोजित प्रतियोगितामा मानस कुमार राई र अदिती अधिकारी फस्टरनर अप घोषित हुँदा अनिश कार्की र एरी तुलाधर सेकेन्डरनर अफ हुन सफल भए ।
सनुर्वी इन्टरनेसनलको प्रस्तुति सनुर्वी फाइनरी मिस्टर एन्ड मिस सुपरनेसनल प्रतियोगिता ग्लोबल स्कुल अफ साइन्स र रिजभोल कस्मेटिकको प्रायोजन रहेको प्रतियोगिताको विजेता श्रेष्ठ र खड्काले जुलाईमा पोल्याण्डमा आयोजना हुने मिस्टर र मिस सुप्रानेसनलमा नेपालको प्रतिनिधत्व गर्नेछन् ।
प्रतियोगिताको निर्णायकमा भरो भार्गोस (मिस्टर सुपरनेसनल २०२१), एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) डा. सन्तोष उपाध्याय राष्ट्रिय निर्देशक मिस्टर एण्ड मिस सुप्रानेसनल नेपाल, सोना अमात्य ,किशोर महर्जन रहेका थिए ।
१०० बढी आवेदकको अडिसनबाट अन्तिस्पर्धाका लागि २० प्रतिस्पर्धी छानिएका थिए । छानिएका प्रतियोगीले फाइनल अगाडि फिटनेस राउण्ड, ट्यालेन्ट राउण्ड, स्विम वेयर राउन्ड र टप मोडल राउण्ड जस्ता विभिन्न राउण्डमा आफूलाई निखार्ने काम गरेका थिए ।
इमेज टेलिभिजनबाट प्रसारण भएको विवेक सिंह ठकुरी र रुविष्का श्रेष्ठको संचालन रहेको प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रबाट निर्णायकको पमा सहभागीले नेपालमा स्तरिय प्रतियोगिता आयोजना भएकोमा खुसी व्यक्त गरे ।
उनीहरुले आफूलाई राम्रो कार्यक्रमको आयोजना गर्ने अवसर दिएकोमा खुसी व्यक्त गर्दै सत्कार र हार्दिकताको पनि खुलेर प्रशंसा गरे । आउँदो दिनमा नेपालमा यस्तै प्रतियोगिता, प्रशिक्षण भएमा ग्राण्ड स्लाम् उपाधि नेपाल भित्रिने कुरामा दुईमत नभएको उनीहरुको भनाइ रहेको थियो ।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया