दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं :नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंकले बढेको छ । १२.४९ अंकले बढेको नेप्से १,६४८.५८ अंकमा अडिएको छ । पुँजीबजारमा ‘क’ वर्गका कम्पनीहरुको धितोपत्रको अवस्था मापन गर्ने सूचक ‘सेन्सेटीभ इन्डेक्स’ १.५७ अंकले बढेको छ ।
आइतबार बैंकि बैंकिङ र विकास बैंक उपसमूहका परिसूचकबाहेक अन्य सबै उपसमूहका परिसूचकहरू उकालो लागेका छन् । आइतबार नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका हिमालयन डिस्टिलरीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर २,१६१ रुपैँयामा कारोबार भएको छ । जसलाई साल्ट ट्रेडिङ कर्पोरेसनले पछ्याएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य प्रतिकित्ता तीन सय ८७ रुपैँया (९.९५ प्रतिशत) ले बढेको छ । म्यानुफ्याक्चरिङ र ट्रेडिङ उपसमूहका कम्पनीहरुको लाभांश घोषणाको आशामा यी कम्पनीहरूको सेयरको माग बढेको हो । आइतबार जलविद्युत् र जीवन बिमा कम्पनीहरूको सेयरमा पनि सुधार देखिएको छ ।
आइतबार नेप्सेमा १९८ कम्पनीको ४१ हजार सात सय ६७ कारोबारबाट ३ अर्ब ५२ करोड ६७ लाख मूल्य बराबरका एक करोड आठ लाख ६३ हजार चार सय ५६ कित्ता सेयर किनबेच भएको थियो ।

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ बिक्री गर्ने

प्रतिक्रिया