सामाजिक कथामा 'आँखा' को घोषणा

काठमाडौँ- सामाजिक कथामा बन्न लागेको फिल्म 'आँखा' औपचारिक घोषणा भएको छ । जोन योन्जनको निर्देशनमा बन्न लागेको उक्त फिल्मको राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण घोषणा गरिएको हो ।
निर्माण ब्यानर लामा सिनेमाले फिल्ममा समावेश कलाकार तथा प्राविधिक टिम पनि सार्वजनिक गरेको छ । निर्देशक योन्जनकै कथा, पटकथा रहने फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन अतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाषी मुख्य भूमिकामा रहनेछन् ।
कार्यक्रममा बोल्दै निर्देशक योन्जनले 'आँखा'ले कुनै व्यक्तिदेखि समाजसम्मकै वास्तविकता देख्ने भन्दै नेपाली समाजको एक पाटोको यथार्थता यो फिल्मले बोल्ने बताए । कथाको बारेमा नखुलेका योन्जनले टिम राम्रो बनेको भन्दै उत्कृष्ट प्रस्तुति दर्शकमाझ ल्याउने र आँखाबाट दर्शकलाई शितलता प्रदान गर्न कुनै कन्जुस्याइँ नगर्ने बताए । नेपाली फिल्ममा हराउँदै गएको पर्फमिङ आर्टलाई यो फिल्मले फर्काउने विश्वास उनको छ ।
अभिनेत्री निशा अधिकारीले पछिल्लो वर्ष आफूले नयाँ भिजन र क्रियसन भएका मेकरहरुसँग काम गर्न पाएको भन्दै 'आँखा' पनि त्यसैको निरन्तरता रहेको बताइन् । निशाले एउटा भेटमै स्कृप्ट चित्त बुझेपछि यो फिल्म गर्न तयार भएको भन्दै मेहनती टिम रहेकोले फिल्म राम्रो बन्नेमा आशा व्यक्त गरिन् ।
अर्की अभिनेत्री अस्मिता लामिछानेले '१२ सत्ताइस', 'म राजेश हमाल'देखि 'आँखा'सम्म विश्वास गरेर आफूलाई स्थान दिएकोमा निर्माण टिमलाई धन्यवाद दिँदै सम्पूर्ण इनर्जी यो फिल्ममा खर्चिने बताइन् । 'सिक्दै र अनुभव लिँदै अघि बढेको कलाकारलाई स्कृप्ट च्यालेन्जिङ रहेको भन्दै चुनौतीबीच आफ्नो भूमिकालाई प्रमाणित गरेर देखाउने उनको भनाइ छ । अनुभवी कलाकारहरुबाट सिकेर अघि बढ्ने उनले बताइन् । इटालीमा फिल्म अध्ययन गरेर नेपाल फर्केका कलाकार आरके मेहताले आफ्नो अध्ययन कुशलतालाई पर्दामा ल्याउँदा दर्शकलाई भिन्न स्वाद दिने र निराश नबनाउने बताए ।
आकोश शुक्लाले छायांकन गर्ने फिल्ममा संगीत दीपक आरजेको रहनेछ भने द्वन्द्व रेवन्तविक्रम थापाको रहनेछ । करण साउद कला निर्देशक रहेको फिल्ममा सन्तोष मल्ल मुख्य सहायक निर्देशक रहँदा ध्रुब कार्की, अम्विका नेपाली र सञ्जय भाल सहायक निर्देशकमा छन् । सुवाससिंह ठकुरी प्रोडक्सन डिजाइनर छन् । २०८० मा प्रदर्शन लक्ष्य राखिएको फिल्मलाई आर आर फिल्मस्ले वितरणको जिम्मा लिइसकेको छ । ढाका टोपी फिल्मस्, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म बन्नेछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया