मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

सिभिल बैंकले मनायो ‘ग्लोबल मनी विक’

काठमाडौँः “समृद्धिको लागि सिभिल बैंक” स्लोगनमा सिभिल बैंकले मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान “ग्लोबल मनी विक”मा विविध वित्तिय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । बैंकले “ग्लोबल मनी विक”को सबै प्रदेशमा जनचेतना मुलक विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गरेको जनाएको छ । 

प्रदेश नं १को बिराटनगर स्थित अर्किड कलेजमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गरिएको थियो । प्रदेश नं २को जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आर कोड मार्फत भुक्तानीको थालनी भएको थियो भने बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको शुरुवात गरिएको बैंकले जनाएको छ । त्यस्तै, गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । 

सुदूरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरीएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसको अलावा बैंकले विद्युतिय कारोवारका सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइल एप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपीएस, पिओएस र डिजिटल वालेट) का बारेमा श्रब्य दृश्य सामाग्री तयार गरी आफ्नो सामाजिक सञ्जाल मार्पmत प्रशारण पनि गरेको थियो ।

आइसनसँग सम्झौता 

यसैबीच सिभिल बैंक लिमिटेड र आइसनबिच सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंगका प्रमुख भोला बहादूर विष्ट तथा आइसनका तर्फबाट कन्ट्रि विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गरेका थिए । 
उक्त सम्झौतापत्र अनुसार सिभिल बैंकका कर्मचारी, ग्राहक तथा सम्वन्धित परिवारले आइसनसँग सात राष्ट्रहरु (भारत, थाईल्याण्ड, मलेशीया, सिंगापुर, ईजिप्ट, अमेरिका र बेलायत)मा अनुवन्धित ६४ अन्तराष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा प्रथम पटक ७ प्रतिशत छूट पाउने तथा द्वितीय पटकदेखि थप ५ प्रतिशत समेत गरी कूल १२ प्रतिशत छूट पाउने बैंकले जनाएको छ ।