‘प्रकाश’ टिजर, सूर्य रोकाया बनेका प्रदीपको शिक्षक सपना पछ्याउने कथा
काठमाडौँ - प्रदीप खड्काले फरक भूमिकामा अभिनय गरेको भनी चर्चा गरिएको फिल्म ‘प्रकाश’को टिजर सार्वजनिक भएको छ । प्रदर्शनका लागि दुई महिना बढी समय रहँदा प्रचारमा उत्रँदै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो ।
पौने दुई मिनेट लामो टिजरमा प्रदीपले बुबाको सपना पूरा गर्न शिक्षक बन्न गर्नु परिरहेको संघर्षलाई छरितो गरी देखाएको छ । टिजरमा दिया मास्केले पनि ठाउँ पाएकी छिन् ।
रोमान्टिक लभरब्वाईको रुपमा अभिनय यात्रा सुरु गरेका प्रदीपले टिजरमा यो छवि छोड्ने कोशिस गरेका छन् । टिजरमा उनले कर्णाली प्रदेशको भाषा पनि टिप्ने कोशिस गरेका छन् ।
दिनेश राउत निर्देशित फिल्ममा राजन खतिवडा, रानु योगी, प्रकाश घिमिरेको पनि महत्वपूर्ण भूमिका रहेको छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्मको पटकथा विकास सुवेदीले लेखेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया