शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

वाइ वाइ ग्लोकल टिन हिरोको लागि आवेदन खुल्ला

काठमाडौँ - वाइ वाइ ग्लोकल टिन हिरो नेपालको आठौं संस्करणको आवेदन खुलेको छ। यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिने आयोजकले जनाएको छ ।

‘वाइ वाइ ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो जहाँ किशोर किशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ । यस उपाधिको माध्यमबाट किशोर किशोरीहरूमा उद्यमशील सोच बिकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।

हालसम्म नेपालका सात किशोर किशोरिहरूलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट तीन र श्रीलङ्काबाट दुई जना सम्मानित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म १४० जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरो लाई दक्षिण एसियाली राष्ट्रबीच प्रचार गने लक्ष्य लिएको छ ग्लोकलले जनाएको छ । 

शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । यस बर्ष आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा लगायतका सम्पूर्ण कार्य भौतिक रुपमा सञ्चालन हुनेछ ।

देशभरिका प्रभावशाली किशोर किशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिवर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरूले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाइन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यहरू लगायत बिभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरीहरूले वेबसाइट मार्फत निशुल्क आबेदन दिन सक्नेछन् । 

पहिलो चरणमा कुल आवेदकहरुलाई अन्तरवार्ता र दस्ताबेज समिक्षात्मक आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरूको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ठ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुर्व्यसनको मापनको लागि अन्तर्वार्ता हुनेछ र वाइ वाइ ग्लोकल टीन हीरो नेपाल २०२२ को बिजेता घोषणा गरिने छ ।

अन्तिम स्क्रिनिङ र साक्षात्कारमा लागि निर्णायक टोलीमा नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, युरोपियन युनियनका राजदूत नोना डेप्रेज, ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष, सौरभ ज्योति, गोल्छा ग्रुप प्रा. लिमिटेडका अध्यक्ष शेखर गोल्छा र गोल्डस्टारको मार्केटिगं, ब्रान्डी र व्यवसाय विकास निर्देशक,  विधुसी राणा, रहनेछन् ।