डिजिटल प्रदेश बनाउने अभियानमा छौं : मुख्मन्त्री पाण्डे
मकवानपुर - बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशलाई प्रविधीसँग जोड्दै प्रदेशलाई डिजिटल बनाउने अभियानमा सरकार रहेको बताएका छन् ।
हेटौंडामा आयोजित डिजिटल बागमती सम्बन्धि आन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले डिजिटल बागमती बनाउने अभियानलाई समेटेको बताए ।
निती तथा कार्यक्रम सँगै बजेटमा पनि डिजिटल बागमतीको बिषयलाई समेट्ने बताए । उनले प्रविधीको विकासबाट समाजमा सकारात्मक परिवर्तन आउनेमा सरकार स्पष्ट रहेको बताए । कार्यक्रममा सरकारले ल्याएको निती तथा कार्यक्रममा प्रविधीसँग जोडिएको सबै बिषय मुख्यमन्त्री पाण्डेले जानकारी गराएका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामाले डिजिटल हुने चाहना जबसम्म मानिसमा हुँदैन तबसम्म परिवर्तन असम्भव भएको बताइन् ।
‘डिजिटल बागमती’ सम्बन्धी कार्यक्रममा प्रविधीसँग जोडिने चाहना र भावना नभएसम्म समाज अघि बढ्न नसक्ने बताइन् । समाजले प्रविधीक परिवर्तनलाई आत्मसाथ गर्दै सिक्ने चाहना नराखेसम्म विकासमा समस्या आउने बताइन् ।
नगरलाई प्रविधी मैत्री बनाउनका लागि अहिले पनि बिद्युतको समस्या रहेको बताइन् । उपमहानगरका सबै वडालाई प्रविधीमैत्री बनाउने प्रयत्न भएपनि यहाँ बिद्युतको समस्या रहेको उनको भनाइ थियो । बिद्युतको समस्या टरेसँगै प्रविधीको पाटोमा अघि बढ्ने मेयर लामाले प्रतिबद्धता जनाइन् ।
नगरलाई समृद्ध र सबल बनाउने काममा कुनै कसर बाकी नराख्ने भन्दै मेयर लामाले उपमहानगरमा सुशासन र पारदर्शिताको साथ काम गर्ने बताइन् । नागरिकलाई सचेत पार्दै जनताको आधारभुत आवश्यकता पुर्तिका लागि सचेत रहेको बताइन् । लिभिङ्ग विथ आइसिटिका अध्यक्ष राजन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनाल, प्रदेश योजना आयोगका सदस्य प्रल्हाद लामिछानेलगाएतको आतिथ्यता रहेको थियो ।

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया