शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

सप्तरीमा बसको ठक्करबाट युवकको मृत्यु

फाइल तस्‍बिर

सप्तरी - सप्तरीको कंचनरुप नगरपालिका–१२ मा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले गएराति ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । बससहित चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ ।